महेन्द्रनगरमा ५७ क्विन्टल आँप नष्ट गरियो

महेन्द्रनगर – कञ्चनपुरको महेन्द्रनगर बजारमा प्रतिबन्धित रसायन हालेर पकाएका आँप नष्ट गरिएका छन ।

Karma Consultancy

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले गरेको बजार अनुगमन क्रममा प्रतिबन्धित रसायन हालेको आँप भेटिएको हो । कार्यालयका खाद्य अनुसन्धान अधिकृत हरिसिंह बोहरा नेतृत्वको टोलीले महेन्द्रनगरमा पंकजकुमार गुप्ताले सञ्चालन गरेको बालाजी फ्रुट सेन्टरबाट ५७ क्विन्टल ८० किलो आँप बरामद गरेको छ । उक्त आँप बरामद गरेर आइतबार नष्ट गरिएको अधिकृत बोहराले बताए ।

citizen security services

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी, जिल्ला प्रशासन कार्यालय कञ्चनपुर, भीमदत्त नगरपालिकासहितका सरोकारवाला निकायबाट बजार अनुगमन गरेर अखाद्य आँप बरामद गरी नष्ट गरिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले रसायन प्रयोग नगरिएका आँप मात्रै बिक्री–वितरण गर्न व्यवसायीलाई निर्देशन जारी गरेको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.