दिल्ली अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनलको छत भत्किँदा एक जनाको मृत्यु

एजेन्सी- भारतको राजधानी नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको छत भत्किँदा एक जनाको मृत्यु भएको छ ।

maya metro hospital

आज बिहान ठूलो वर्षापछि इन्दिरा गान्धी विमानस्थलको टर्मिनल–१ को छत भत्किँदा एक जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । यस्तै दुर्घटनामा घाइते भएका पाँच जनामध्ये चार जनाको अस्पतालमा उपचार भइरहेको छ । टर्मिनलको छत खस्दा केही गाडी पनि थिचिएका बीबीसीको खबरमा उल्लेख छ ।

यसैबीच केन्द्रीय नागरिक उड्डयन मन्त्री राममोहन नायडूले विमानस्थल पुगेर घटनाबारे जानकारी लिएका छन् । मन्त्री नायडूले यस घटनाको जाँच गर्न आदेश दिँदै अतिरिक्त संरचना भएका देशभरका विमानस्थलको निरीक्षण गर्ने बताए । उनले दुर्घटनामा ज्यान गुमाएकालाई २० लाख र घाइतेहरूलाई तीन लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.