पाकिस्तानमा बढ्दो गर्मीले ६ दिनमा ५६८ जनाको मृत्यु

एजेन्सी- बढ्दो गर्मीका कारण पछिल्लो ६ दिनमा पाकिस्तानमा पाँच सयभन्दा धेरैको ज्यान गएको छ । जसमा सबैभन्दा धेरै दक्षिणी क्षेत्रका नागरिक प्रभावित भएका छन् ।

Karma Consultancy

स्थानीय ईधी एम्बुलेन्स सेवाका अनुसार कराँची सहरमा रहेको शवगृहमा दैनिक ३० देखि ४० जनाको शव ल्याउने गरेको छ । पछिल्लो ६ दिनमा उनीहरूले झन्डै पाँच सय ६८ शव सङ्कलन गरेका बीबीसीले जनाएको छ ।

citizen security services

अस्ति मंगलवार एकैदिन एक सय ४१ जनाको शव ल्याइएको थियो । गर्मी बढेसँगै ज्यान गुमाउनेको सङ्ख्या पनि बढेको हो । कराँचीको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । कराँचीमा अत्यधीक गर्मीसँगै बिजुली कटौतीको समस्या रहेको छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.