गजल

नभन्नुहोस न मुस्कुराउ तस्बिर गतिलो आउँछ
म सिन्धुपाल्चोक हुँ कसरी मुख हसिलो आउँछ ?

maya metro hospital

ईमान्दारहरुको प्रतियोगिता थियो अन्तिममा आयो
भ्रष्टाचारीहरुको गरि हेर्नुहोस् त उ पहिलो आउँछ ।

कोही बलात्कृत हुन्छिन् र कोही जीउँदै जलाईन्छिन्
आउन त कानुन प्रहरी दुबै आउँछ तर ढिलो आउँछ ।

attariya hospital

एक श्रमिक किसान हुँ तिमी मलाई प्रेम गर्दै नगर्नु
किनभने मेरो त प्रेमको स्वाद पनि नुनिलो आउँछ ।

के अचम्म मान्नु राहत झुपडी छोडी दरबारमा पुग्छ
यस्तै हो प्रायजसो नसोचेको ठाउँमै पिलो आउँछ ।

किन आयोग लडेर दास बन्छौ ए बुद्धिजीवीहरु हो
बरु राजनीति लड्नुहोस प्रश्नपत्र सजिलो आउँछ ।

-पुष्कर साउँद  
शिक्षक, श्री मगलेक माध्यमिक विद्यालय तिखा, डोटी ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.