एसईई नतिजा भोलि बिहान सार्वजनिक गरिने

काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार बिहान १० बजेसम्म प्रकाशन हुने भएको छ ।

maya metro hospital

आजै नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो । तर केही प्राविधिक तयारी नपुगेकाले भोलिमात्रै नतिजा सार्वजनिक गर्ने निर्णय भएको परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलले जानकारी दिए ।

भोलि बिहान ७ बजे बोर्ड बैठक बस्ने र त्यसपछि नतिजा सार्वजनिक गर्ने तयारी रहेको उनले बताए ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.