कैलालीमा एसपीको कमाण्डमा खटिएको प्रहरी टोलीले समात्यो अवैध सामान

अत्तरिया – जिल्ला प्रहरी कार्यालय कैलालीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदम बहादुर विष्टको कमाण्डमा खटिगएको प्रहरी टोलीले भारतबाट अवैध रूपमा भित्र्याइएको सामान बरामद गरेको छ ।

Karma Consultancy

बुधवार एसपी विष्टको कमाण्डमा खटिएको टोलीले भजनी नगरपालिका – ५ बाट १ लाख १७ हजार बराबरको अवैध सामान बरामद गरेको हो ।

citizen security services

जसमा ७५ पिस साइकलको टायर, २ सय पिस कुर्ता, १ सय प्याकेट बिडी र १ थान कपडा सिलाउने मेसिन रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्र सिंह बोहराले बताएका छन् ।

attariya hospital

उनका अनुसार बरामद गरिएको सामान आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाउने कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.