मनसुन देशभर फैलिए पनि सक्रिय हुन समय लाग्ने

काठमाण्डौ – मनसुन देशभर फैलिएपनि पूर्णरुपमा सक्रिय हुन अझै केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी प्रणाली फैलिएपछि पानी नै पर्छ भन्ने चाहिँ नहुने मौसमविद्ले बताएका छन् ।

maya metro hospital

दुई हप्ताअघि पूर्वबाट नेपाल प्रवेश गरेको मनसुन देशभर फैलिन १५ दिन लाग्यो । मनसुन हिजो मात्रै देशभर फैलिएको हो । तर अझै पनि मनसुन कमजोर नै हुँदा सक्रिय भएर पानी पर्न अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ ।

मनसुन सक्रिय भएपछि बाढी, पहिरो, डुबान, भू–क्षय जस्ता कारणले सडक तथा हवाई यातायात, कृषि, पर्यटन, स्वास्थ्यलगायतका क्षेत्र प्रभावित हुन सक्ने भन्दै महाशाखाले सावधानी अपनाउन आग्रह गरेको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.