
काठमाडौं – नेपाल टेलिकमको मोबाइल सेवामा समस्या देखिएको छ । नेपाल टेलिकमको मोबाइलबाट फोन नलाग्ने र एसमएम नजाने लगायतका समस्या देखिएको हो । मोबाइल डेटा सेवा समेत प्रभावित भएको छ ।
सोमबार अपरान्ह साढे ४ बजेपछि टेलिकमको जीएसएम प्रणालीमा जोडिएका सेवाहरुमा समस्या आएको छ । सेवामा समस्या आएकोबारे टेलिकमले वेबसाइट र सामाजिक सञ्जालमा समेत कुनै जानकारी दिएको छैन ।




















