लुम्बिनी र सुदूरपश्चिम प्रदेश प्रमुखबीच भेटघाट

रुपन्देही – लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाबीच आइतबार बुटवलको प्रदेश प्रमुख कार्यालयमा शिष्टाचार भेटघाट भएको छ ।

maya metro hospital

सुदूरपश्चिम प्रदेश प्रमुख नियुक्त भएपछि पहिलोपटक लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा आएका मियालाई प्रदेश प्रमुख शेरचनले स्वागत गरेका थिए । सो अवसरमा सुदूरपश्चिम प्रदेश प्रमुख मिया लुम्बिनी प्रदेश प्रमुखको स्वास्थ्य स्थितिबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेका थिए ।

भेटघाटका क्रममा दुबै प्रदेश प्रमुखबीच प्रदेश प्रमुखको कार्यालय संचालनका बारेमा अनुभव आदानप्रदान भएको थियो । सो अवसरमा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश संचालन गर्न प्रदेश सरकारले नै आवश्यक जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.