खाेज्नुहाेस

पाँच लाख नक्कली नोटसहित दुई महिला पक्राउ

Image
file photo

काठमाण्डौं – जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पाँच लाख १४ हजार बराबरको नक्कली नोटसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

navjiwan hospital

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ बस्ने ४७ वर्षीया तारादेवी डङ्गोल र काठमाडौं नागार्जुन नगरपालिका–५ बस्ने ४१ वर्षीया निलिमा श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

attariya hospital

उनले भने, ‘काठमाडौँ कलङ्कीस्थित सेतो खरायो रेष्टुराँ नजिक नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा हाम्रो परिसरबाट खटिएको विशेष प्रहरी टोलीले निजलाई गए राति पक्राउ गरी आज सार्वजनिक गरेको हो ।’

प्रारम्भिक अनुसन्धानका क्रममा उक्त कार्यमा निलिमा श्रेष्ठको सङ्लग्नता देखिएपछि निजलाई नागार्जुन–५ स्थित पद्मा कोलनीबाट नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए ।