कालोपत्रे हिलोमा गरिएको भन्दै गोदावरीका वडाध्यक्षले भत्काए

काठमाडौं– हिलो बाटोमै कमसल कालोपत्रे गरिएको भन्दै गोदावरी नगरपालिका–३ का वडाध्यक्ष सानुराजा घिमिरेले भत्काइदिएका छन् ।

maya metro hospital

ललितपुरको फुल्चोकी–नौधारा सडकखण्डमा हिलो माटोमा कालोपत्रे नगर्न आग्रह गर्दा पनि अटेरी गरेको र त्यसमा पनि कमसल कालोपत्रे प्रयोग भएको पाएपछि आफूहरुले भत्काएको वडाध्यक्ष घिमिरेले बताए ।

सडक विभागले उक्त सडकखण्डअन्तर्गत १८ करोड रुपैयाँमा कालोपत्रेसहित सडक सुधारको काम गरिरहेको छ ।

attariya hospital

‘यो हाम्रो टुरिस्ट हिँड्ने बाटो हो । ३/४ दिनदेखि सडक कालोपत्रे भइरहेको थियो’, वडाध्यक्ष घिमिरेले भने, ‘मापदण्ड पुगेको छैन भनेर सुरुदेखि नै भन्दै आएको हुँ । हिजो त झन् हिलोमै कालोपत्रे भएपछि भत्काउन बाध्य भएका हौं ।’ उनका अनुसार ठेकेदार कम्पनीले मापदण्ड पु-याएर सडक पुनः कालोपत्रे गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.