
अत्तरिया – कैलालीको अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न ३ युवायुवती पक्राउ परेका छन । सोमबार राती इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटिएको बिशेष टोलीले अनैतिक क्रियाकलापमा संलग्न ३ युवायुवतीलाई पक्राउ गरेको हो ।
उनीहरुलाई गोदावरी नगरपालिका – २ पहाड रोड स्थित धर्मा होटलबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । पक्राउ पर्नेमा २ महिला र १ पुरुष रहेका छन ।



















