बैतडी- बैतडीमा बाख्रा चराउन गएकी एक महिला भीरबाट लडेर घाइते भएकी छन् । पाटन नगरपालिका-८ की ४२ वर्षीया कलावती महरा भीरबाट लडेर घाइते भएकी हुन् ।

सोमबार दिउँसो घर नजिकैको जंगलमा बाख्रा चराउन गएकी उनी भीरबाट लडेर गम्भीर घाइते भएकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए ।

घाइते महराको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

















