खाेज्नुहाेस

बैतडीमा तरकारीको भाँडोमा परेर बालक घाइते

Image
navjiwan hospital

बैतडी- बैतडीमा पकाएर राखेको तरकारीको भाँडोमा परेर एक बालक घाइते भएका छन् । सुर्नया गाउँपालिका-६ मुसेका रघुवीर भट्टका १९ महिने छोरा शिशिर तातो तरकारीको भाँडोमा पर्दा जलेर घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीका अनुसार उनी शनिबार बिहान साढे ९ बजेतिर घरभित्रै पकाएर राखेको तरकारीको भाँडोमा परेर घाइते भएका थिए । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

attariya hospital