बैतडी – बैतडीमा केही दिनदेखि भइरहेको वर्षा र हावाहुरीले वर्षे बालीमा क्षति पु-याएको छ । जिल्लाका विभिन्न स्थानमा वर्षा तथा हावाहुरीले मकैबाली सहित धानको बेर्नामा क्षति पु-याएको हो ।
पाटन नगरपालिका, सुर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिका, पुर्चौडी नगरपालिका सहितका विभिन्न स्थानमा वर्षा र हावाहुरीले क्षति पु¥याएको बताईएको छ ।
वर्षा र हावाहुरीले गोड्ने बेलाको मकै र उम्रीन लागेको धान को बीउ सखाप पारेपछि किसानहरू चिन्तित बनेका छन् । जिल्लाको मुख्य खाद्यबालीको रूपमा रहेको मकैमा क्षति पुगेपछि मकैको उत्पादन घट्ने अनुमान गरिएको छ ।
बैतडीमा १४ हजार ५ सय हेक्टर क्षेत्रफल जमिनमा मकै खेती गरिँदै आएको छ । तर वर्षेनी विभिन्न कारणले मकैको उत्पादनमा कमी हुदै आएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । ज्ञान केन्द्रका अनुसार जिल्लालाई मकै जोन क्षेत्रको रुपमा हेर्ने गरिएको भएपनि फौंजी किरा, जंगली जनावर लगायत विभिन्न प्रकोपले क्षति पु-याउदै वर्षेनी यहाँको मकै उत्पादन घट्दै जान थालेको हो ।