कैलालीमा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ घाईते

अत्तरिया – कैलालीमा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको भजनी नगरपालिका – ७ चर्रामा मंगलबार राती से.१ ख १७२७ नम्बरको मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

maya metro hospital

मिनि ट्रक आफै अनियन्त्रीत भै दुर्घटना हुँदा ट्रकमा सवार धनगढी उपमहानगरपालिकाका ५५ वर्षिय जुगराम चौधरीको मृत्यु भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशीक अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा ३ जना घाईते भएका छन ।

attariya hospital

ट्रकमै सवार घाइते ३ जना मध्ये १ जनाको प्राथमिक स्वास्थ्य केन्द्र भजनी र २ जनाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मिनि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.