खाेज्नुहाेस

सडक डिभिजनको गेटमा बालेनले खन्याए एक ट्रक धुलो (भिडिओ)

Image

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले कलंकीदेखि महाराजगञ्जसम्मको रिङरोड विस्तारका काम अघि नबढाएको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आक्रोश व्यक्त गरेका छन्।

navjiwan hospital

महानगरपालिकाको गाडीले मीनभवनस्थित सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय अगाडि एक ट्रक धुलो खन्याउँदै गरेको भिडिओ सार्वजनिक गर्दै मेयर शाहले आक्रोश व्यक्त गरेका हुन्।

godawari nagarpalika dadhelo
attariya hospital

काठमाडौँ महानगरले अकारण गाली खाइरहनुपरेको उल्लेख गर्दै मेयर शाहले जबसम्म काम अघि बढ्दैन त्यतिबेलासम्म मन्त्री महासेठलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने घोषणा समेत गरेका छन्।