खाेज्नुहाेस

गोदावरी – ४ दामदरेमा बाख्रापालन तालिम आयोजना

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ४ दामदरेमा बाख्रा पालन तालिम आयोजना गरिएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा निड्स नेपालले तालिमको आयोजना गरेको हो ।

navjiwan hospital

२ दिनसम्म सञ्चालन हुने तालिममा उक्त स्थानका १७ जना कृषकहरुको सहभागिता रहेको छ । बाख्रा पालक कृषकहरुलाई व्यवसायीक बनाउनका लागि तालिमको आयोजना गरिएको निड्स नेपालको कार्यक्रम संयोजक विनोद कडाराले जानकारी दिए । उनले परम्परागत प्रणालीबाट गरिदै आएको बाख्रापालन व्यवसायलाई प्रविधिसँग जोडेर व्यवसायीक बनाई त्यसबाट किसानहरुलाई रोजगारमुखी बनाउन तालिमले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए ।

attariya hospital

तालिमपश्चात किसानहरुलाई घाँस काट्ने मेसिन र चरन क्षेत्र विस्तारका लागि रेड नेपिएर र बोकाईनोका बोटहरु वितरण गरिने उनले बताए ।

तालिममा बाख्रा पालक कृषकहरुलाई बाख्रामा देखिने समस्या, बाख्रा पालन गर्दा खेरी अपनाउनुपर्ने विधि, बाख्रामा लाग्ने रोगहरु र उपचार पद्धती लगायतका बारेमा जानकारी दिईने बताईएको छ ।