काठमाडौँ – सवारी लाइसेन्स घोटाला प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले थप २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा यातायात व्यवस्था विभागमा कार्यरत कम्प्युटर अपरेटर दिपा न्यौपाने र इलाका प्रशासन कार्यालय सल्यानका कम्प्युटर अपरेटर गणेश भण्डारी छन् ।

यो संँगै लाइसेन्स घोटालामा हालसम्म पक्राउ पर्नेका सङ्ख्या ११ पुगेको छ ।


आरोपीहरू विरुद्ध प्रहरीले लिखत किर्ते सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
















