अत्तरिया – कैलाली कञ्चनपुरबाट साढे ४ लाख बढीको अवैध सामान बरामद गरिएको छ । आइतबार कैलालीको धनगढी, गोदावरी, भजनी र कञ्चनपुरको भीमदत्त, पुनर्वास, दोधारा चाँदनी, लेलडाँडीबामट अवैध सामान बरामद गरिएको हो ।

कैलालीबाट प्रहरीले अबैंध रुपमा भारतबाट भन्सार छलि ल्याएका ८८ हजार ९९४ मुल्य बराबरका चिनी, बिडी, सुर्ती, साबुन, इन्जनको पाता, धानको बिउ, प्लाष्टिक डोरी, माछा लगायतका सामानहरु बरामद गरेको जनाएको छ ।

यस्तै आइतबार नै कञ्चनपुरबाट भारतबाट भन्सार छलि गरि ल्याएका ३ लाख ७९ हजार ९५० रुपैयाँ बराबरको दाल, मिठाई, सुर्ती, प्लाष्टिक झिल्ली, इन्जिन बेरिङ, रड, डिएपी मल, युरिया मल, बोईलर कुखुरा लगायतका सामानहरु बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।













