काठमाडौं – प्रा.डा. गोविन्द केसीले आमरण अनशन ताेडेका छन् । अनैतिक शासकहरूको अगाडि नैतिक याचना फगत याचनाको रूपमा देखिएको भन्दै डा. केसीले अनशन तोडेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामासहित चारबुँदे माग राखेर डा. केसीले ६ दिनअघि अनशन सुरू गरेका थिए ।