एनएचपीसी सँग ग्रिड कनेक्सन सम्झौता

काठमाडौं  – भारतको एनएचपीसी र प्रसारण ग्रिड कम्पनीबीच ग्रिड कनेक्सन सम्झौता भएको छ । ७ सय ५० मेगावाट क्षमताको पश्चिम सेती परियोजनाको विद्युत् प्रसारणका लागि यो सम्झौता गरिएको हो । सम्झौतामा एनएचपीसीका महाप्रबन्धक पीसी उपाध्याय र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नेत्रप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन् ।

Karma Consultancy
belauri nagarpalika

एनएचपीसीले १ हजार ६ सय ८० मेगावाट क्षमताको पश्चिम सेती आयोजना बनाउँदै छ । अब प्रसारण ग्रिड कम्पनीले बनाउने प्रसारण लाइन एनएचपीसीले प्रयोग गर्न पाउने छ । तीन परियोजनामध्ये सेती करिडोर ट्रान्समिसन लाइनमा पश्चिम सेतीको बिजुली जोडिने छ । भारतको एक्जिम बैंकबाट ऋण लिएर बनाइने परियोजनाको लागत २० अर्ब रुपैयाँ बराबर छ ।

citizen security services

यो करिडोरमा १ हजार ८ सय मेगावाट बिजुली जोडिने छ । यो ४०० केभी डबल सर्किट ट्रान्समिसन लाइन हो । यी दुवै सम्बन्धित सरकारका लगानीका कम्पनी हुन् । यो सम्झौताले एनएचपीसीलाई प्रसारण लाइन प्रयोगको सुनिश्चितता भएको र ग्रिड कम्पनीका सीईओ ज्ञवालीले बताए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.