खाेज्नुहाेस

माल्दिभ्समा भारत विरोधी पार्टीलाई दुइतिहाई बहुमत 

Image

एजेन्सी– माल्दिभ्समा आफूलाई भारतविरोधी नेताका रुपमा उभ्याएका मोहम्मद मुइज्जुको पार्टीले दुईतिहाइ बहुमत ल्याएको छ । संसदीय चुनावका क्रममा अहिलेसम्म आएको ८६ सिटको नतिजामा मुइज्जुको पार्टीले ६६ सिटसहित दुईतिहाइ बहुमत ल्याएको छ ।

मुइज्जुले माल्दिभ्समा ‘इन्डिया आउट’ अभियान चलाएर राष्ट्रपति बनेका थिए । अब मुइज्जुको पार्टीले संसदीय चुनावमा दुईतिहाइ बहुमततर्फ अघि बढेको हो ।

attariya hospital
navjiwan hospital

आइतबार ९३ सिटका लागि भएको मतदानपछिको सुरुवाती रुझानमा अहिलेसम्म ८६ स्थानको परिणाम आएको छ । जसमध्ये ६६ सिटमा मुइज्जुको पिपुल्स नेशनल कांग्रेसले जित निकालेको छ ।

माल्दिभ्समा कुनै पनि पार्टीलाई बहुमतका लागि ४७ भन्दा धेरै सिट चाहिन्छ । नतिजाको आधिकारिक घोषणाका लागि एक हप्ता लाग्न सक्छ ।

भारत र चीन दुवैले यस चुनावमा नजर लगाइरहेका थिए । दुवै देश रणनीतिक रूपमा अहम माल्दिभ्समा आफ्नो पकड बलियो बनाउने अभियानमा छन् ।