बैतडीको सिगासका महिलालाई सिलाइ कटाइ तालिम

बैतडी- बैतडीको सिगास गाउँपालिका-२ का महिलाहरुलाई सिलाइ कटाइ तालिम दिइँदैछ । महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम दिन लागिएको हो ।

Karma Consultancy

यही चैत्र १३ गतेदेखि तालिम सुरु गरिएको गाउँपालिकाका उद्यम विकास सहजकर्ता केशव साउदले बताए । पछाडि परेका महिलाहरुलाई सीप सिकाएर व्यवसाय सञ्चालन गरी आर्थिक रुपमा सबल र सक्षम बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ । पालिकाको ६ लाख बजेटबाट महिलाहरुलाई सिलाइ कटाइ तालिम दिन लागिएको बताइएको छ ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.