अत्तरिया – गायक चक्र बमले ‘कति राम्रो होली फागुनमा’ बालको गीत ल्याएका छन । बमले चक्र बम युट्युब च्यानलबाट गीत सार्वजनिक गरेका हुन ।

उक्त गीतमा चक्र बम र लक्ष्मी रानाको स्वर रहेको छ । गीतको मुख्य अभियनमा पनि बम आफै रहेका छन । गीत सुदूरपश्चिमको पहाडी समुदाय र रानाथारु समुदायको होलीको लय समेटिएको छ ।

गीतलाई केशव बडूले एरेन्जर गरेका छन् भने पुस्कर खत्रीले मिक्सिङ तथा टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।


















