कथाकार परशु प्रधानको निधन

काठमाडौँ- कथाकार परशु प्रधानको निधन भएको छ । उनको ८० वर्षको उमेरमा निधन भएको हो । गएराति आफ्नै निवास काठमाडौँमा निधन भएको उनका छोरा प्रतीक प्रधानले जानकारी दिए ।

maya metro hospital

स्वर्गीय प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविताबाट साहित्यिक यात्रा आरम्भ गरेका थिए । उनका ‘वक्ररेखा, फेरि आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरू, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तरार्द्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्रधानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया’ कथा सङ्ग्रह प्रकाशित छन् ।

उनले २०३१ सालमा रत्नश्री स्वर्ण पदक पुरस्कार पाएका थिए । प्रधानको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिँदैछ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.