नाइजेरियामा बन्धुकधारीले अपहरण गरे २८० बढी विद्यार्थी

एजेन्सी- नाइजेरियामा बन्दुकधारीको एक समूहले २ सय ८० जना भन्दा धेरै विद्यार्थीको अपहरण गरेको छ । नाइजेरियाका अधिकारीहरूले उत्तरपश्चिमी सहर कुरिगामा बन्दुकधारीहरूले २ सय ८० भन्दा बढी विद्यालयका बालबालिकालाई अपहरण गरेको बताएका बीबीसीले जनाएको छ ।

maya metro hospital

बिहान विद्यालयको प्राथना चलिरहँदा मोटरसाइकलमा सवार बन्दुकधारी विद्यालयमा प्रवेश गरेको प्रत्यक्षदर्शीले बताएका छन् । अपहरणमा परेका बालबालिकाको उमेर ८ देखि १५ वर्ष रहेको उनले बताए ।

citizen security services

एक शिक्षक पनि अपहरणमा परेका छन् । कडुना राज्यका गभर्नर उबा सानीले यस घटनाको पुष्टि गरेका छन् । अपहरणकारी गिरोहहरूले नाइजेरियामा विगत केही वर्षहरूमा विशेष गरी देशको उत्तर–पश्चिमी भागमा सयौँ मानिसहरूलाई अपहरण गरेका छन् ।

attariya hospital

कादुनाका गभर्नर उबा सानीले सरकारी माध्यमिक विद्यालयका १ सय ८७ र स्थानीय प्राथमिक विद्यालयका १ सय २५ विद्यार्थी बेपत्ता भएको बताएका छन् । तर तीमध्ये २५ जना फर्किसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.