खाेज्नुहाेस

डोटी प्रशासनले भन्यो-सरकारी जग्गा दुरुपयोगको प्रमाण भए उपलब्ध गराउनू

Image

अत्तरिया- जिल्ला प्रशासन कार्यालय डोटीले सरकारी जग्गा दुरुपयोगको प्रमाण भए उपलब्ध गराउन भनेको छ । प्रशासन कार्यालयले सूचना जारी गर्दै सरकारी र सार्वजनिक जग्गा अतिक्रमण/दुरुपयोगको सूचना, प्रमाण वा विवरण भए उपलब्ध गराउन भनेको हो ।

navjiwan hospital

जिल्लामा सार्वजनिक एवम् सरकारी स्वामित्वमा रहेको ऐलानी, घाट, गौचरन आदि जग्गाहरु कानुनविपरित कसैले आफ्नो नाममा दर्ता गरेको वा खास उद्देश्य वा प्रयोजनका लागि कुनै संस्थाको भोगचलन नियन्त्रणमा रहने गरी सुम्पेको वा जिम्मा दिएको सार्वजनिक र सरकारी जग्गाहरु बलजफ्ति अतिक्रमण वा कब्जा गरी निजी रुपमा दर्ता गरेको जस्ता प्रमाण तथा सूचना भए उपलब्ध गराउन जारी सूचनामा भनिएको छ ।

attariya hospital