फ्रान्समा गर्भपतनलाई संवैधानिक अधिकार

एजेन्सी- फ्रान्सले गर्भपतनलाई संवैधानिक अधिकार बनाएको छ । गर्भपतनलाई संवैधानिक अधिकार बनाइएसँगै फ्रान्स संविधानमा गर्भपतनको अधिकार समावेश गर्ने विश्वको पहिलो देश बनेको छ ।

maya metro hospital

फ्रान्सेली संसद्का सदस्यहरूले यसका लागि संवैधानिक संशोधनलाई अनुमोदन गरेका छन् । गर्भपतनलाई संवैधानिक अधिकार बनाउन फ्रान्सको सन् १९५८ को संविधान संशोधन गरिएको थियो। यसबाट महिलालाई गर्भपतन गराउने स्वतन्त्रता दिइएको छ । फ्रान्सको संसद्मा यो संशोधनको पक्षमा ७ सय ८० मत परेको थियो भने विपक्षमा ७२ मत परेको थियो ।

lotus school

संशोधन पारित हुनेबित्तिकै संसद्का सदस्यहरुले उठेर स्वागत गरेका थिए । राष्ट्रपति इमानुएल म्याक्रोनले यसलाई फ्रान्सका लागि गौरवको विषय भन्दै यो संविधान संशोधनले विश्वलाई सन्देश दिने बताए । तर, गर्भपतन विरोधी सङ्गठनहरुले भने सरकारको यो कदमको विरोध गरेका छन् ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.