गौरीफन्टा र गड्डाचौकी नाकामा कोरोना संक्रमित भेटिए

अत्तरिया – कैलालीको गोरीफन्टा नाका र कञ्चनपुरको गड्डाचौकी नाकामा कोरोना संक्रमित फेला परेका छन । पछिल्लो २४ घण्टामा सो नाकाहरुबाट नेपाल भित्रिएका ३ जनामा कोरोना संक्रमण फेला परेको हो ।

maya metro hospital

प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रका अनुसार गौरीफन्टा नाकाबाट भित्रिएका ५८ जनामा कोरोना जाँच गर्दा २ जना र गड्डाचौकी नाकाबाट भित्रिएका ३५ जनामा कोरोना परिक्षण गर्दा १ जनाका कोरोना संक्रमण देखिएको हो । उनीहरुको एन्टीजेन विधिबाट कोरोना परिक्षण गरिएको केन्द्रले जनाएको छ ।

आइतबार पनि सो नाकाबाट भित्रिएका २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो केही दिन यता दुवै नाकाबाट भित्रिने नेपालीहरुमा कोरोना संक्रमण देखिन थालेको छ । एक साताको अवधिमा मात्रै दुवै नाकाबाट भित्रिएका १७ जनामा कोरोना पुष्टि भइसकेको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.