धनगढी- सुदूरपश्चिमका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीका अनुसार भारतबाट आएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
शुक्रवार १२७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा दुई जनामा कोरोना देखिएको बताइएको छ ।