डोटीको एक सहकारी ६९ टन बढी उन्नत मकैको बिउ विक्री गर्दै

डोटी- डोटीको जोरायल गाउँपालिका–४ मा रहेको लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारी संस्थाले ६९ टन बढी उन्नत जातको मकैको बिउ विक्री गर्दैछ । सहकारीले किसानबाट सङ्कलन गरी ६९ हजार ६ सय ८८ किलो मकैको बिउ विक्री गरिरहेको हो ।

Karma Consultancy
belauri nagarpalika

सहकारीका व्यवस्थापक ठक्करबहादुर कठायतका अनुसार यो वर्ष १४ हजार १७० किलो बिउ विक्री भइसकेको छ । सहकारीले प्रतिकेजी ८० रुपैयाँका दरले बिउ विक्री गर्ने गरेको छ ।

citizen security services

डोटीको जोरायलमा उत्पादित मकैको बिउ झापासम्म पुग्ने गरेको बताइएको छ । सहकारीले गत वर्ष ५४ लाख ४० हजार बराबरको ६८ टन मकैको बिउ विक्री गरेको थियो ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.