पुर्चाैडीको हाट स्वास्थ्यचौकीमा चिकित्सकीय सेवा शुरु

बैतडी – बैतडीको पुर्चौडी नगरपालिका – १ स्थित हाट स्वास्थ्य चौकीमा चिकित्सकीय सेवा सुरू भएको छ । मेडिकल अधिकृत नहुँदा अवरुद्ध बनेको चिकित्सकिय सेवा मंगलबार बाट पुनः सुरु भएको हो ।

maya metro hospital

नगरपालिकाले मंगलबार अस्पतालको मेडिकल अधिकृतमा डाक्टर स्मृति लामा थिङलाई नियुक्त गरेको थियो । डाक्टर लामालाई नियुक्त गरेसँगै अस्पतालमा चिकित्सकिय सेवा सुरु भएको नगरपालिकाले जनाएको छ ।

हाट स्वास्थ्यचौकीमा डाक्टर नहुँदा समान्य उपचारका लागि समेत अन्यत्र जानुपर्ने बाध्यता रही आएको थियो । मेडिकल अधिकृतको रुपमा डाक्टर थिङ हाजिर भएपछि अब उपचार सेवामा सहज हुने बताइएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.