स्पाईनल कोर्ड इन्जुरीले ग्रसित घोडाघोडीकी शुसिला, आर्थिक अभाव हुँदा उपचारमा समस्या

अत्तरिया – कैलालीको घोडाघोडी नगरपालिका– १ की शुसिला कुमारी शर्मा स्पाईनल कोर्ड इन्जुरी रोगले ग्रसित बनेकी छन । विगत ४ वर्षदेखी उक्त रोगले ग्रसित शर्माको आर्थिक अभावका कारण गुणस्तरिय उपचार हुन सकेको छैन ।

maya metro hospital

भारतमा उपचार गराईरहेका उनका श्रीमानले आर्थिक अभावकै कारण बिरामी श्रीमतीलाई अस्पताल बाट फिर्ता ल्याउनुपरेको बताएका छन । ‘भारतमा उपचार भैरहेको थियो, तर आफुले लगेको रकम सबै सकिएपछि अस्पतालमा राख्न सकिएन्’ उनले भने ‘अब घरमा यताउति कतैबाट ऋणको जोहो गरेर पुनः उपचारका लागि भारत लैजान्छु ।’

citizen security services

उनले आफुसँग भएको रकम हालसम्मको उपचारमा खर्च हुँदा अब उपचारका लागि आर्थिक अभाव हुन थालेको बताए । उनका अनुसार शर्माको उपचारका लागि वडा तथा नगरबाट पनि सहयोग प्राप्त भैसकेको छ । विगत ४ वर्षदेखी ए.भि.एम स्पाईनल कोर्ड इन्जुरीबाट ग्रसित शर्मा ओछ्यानमै थला परेकी छिन । उनि हिडडुल गर्न सक्दिनन् ।

attariya hospital

उनकै उपचारका कारण परिवारको अवस्था पनि दयनिय बनेको छ । शर्माका श्रीमान टेकराजले आफ्नो श्रीमतीको उपचारका लागि सहयोग गरिदिन सबैलाई अनुरोध गरेका छन । उनलाई सहयोग गर्न शुसिला कुमारी शर्माकै नाममा रहेको ग्लोबल आईएमई बैंक को खाता नं. २२८०७०१००६११२६ मा रकम जम्मा गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.