पुष्पाञ्जलीले मनायो ३५ औं वार्षिकोत्सव

अत्तरिया – कैलालीको अत्तरियामा रहेको पुष्पाञ्जली आवासिय माध्यमिक विद्यालयले ३५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । मंगलबार वरिष्ठ गायक तथा नेपाल संगित तथा नाट्य प्रतिष्ठानका उपकुलपति सम्भु राइको प्रमुख आतिथ्यतामा विद्यालयले वार्षिकोत्सव मनाएको हो ।

maya metro hospital

विद्यालयका सञ्चालक यम प्रशाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम संगै उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

citizen security services

२०४५ सालमा स्थापना भएको उक्त विद्यालय हाल कक्षा १० सम्म अध्यापन गराउदै आएको छ । विद्यालयमा करिब १ हजार विद्यार्थीहरु अध्ययनरत रहेका छन । सुविधासम्पन्न भवनमा सञ्चालित विद्यालयमा कक्षा नर्सरी, एलकेजी र युकेजीमा एसियुक्त कक्षा कोठाहरुको व्यवस्था गरिएको छ ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.