गोदावरीमा खोप समन्वय समितिलाई अभिमुखीकरण गरियो

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा दादुरा–रुबेला खोप अभियान कार्यक्रम अन्तरगत अभिमुखीकरण गरिएको छ । नगरपालिकाको स्वास्थ शाखाले पालिका स्तरीय खोप समन्वय समितिका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।

maya metro hospital

अभिमुखीकरणमा स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले दादुरा–रुवेला खोप कार्यक्रमका लागि पालिका स्तरमा गरिनुपर्ने तयारी, दादुरा–रुबेलाको वर्तमान अवस्था, खोपको महत्व औचित्यका बारेमा जानकारी गराएका थिए ।
उनले अन्य १३ वटा खोप कार्यक्रम जस्तै गोदावरीमा दादुरा–रुबेलाको खोप कार्यक्रम सञ्चालन भइरहेको बताए । उनले दादुरा–रुबेला खोप कार्यक्रम प्रत्येक ४/४ वर्षमा निरन्तर चलिरहने बताए ।

citizen security services

उनले खोपको कुनै ठुलो साइड इफेक्ट नभएको बताए । उनले नेपालमा अहिले सम्म खोप लगाएकै कारण कडा किसिमको लक्षण नदेखिएको बताए ।

attariya hospital

स्वास्थ्य शाखाका विर बहादुर कुँवरले नेपाल सरकारले पहिलो प्राथमिकता दिएको बताए । उनले खोपका १ डलर लगानी लगाए २५ डलर रिटर्न आउने इकोनमिक्स एनलाईसीस बेनिफिट स्टडीले देखिएको बताए ।

अभिमुखीकरण कार्यक्रम गोदावरी नगरपालिका १२ का वडाअध्यक्ष भीम बहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो । उनले दादुरा–रुबेला खोप अभियानलाई सफल पार्न गोदावरी नगरपालिका योजनावद्ध रुपमा अघि बढेको बताए ।

गोदावरी नगरपालिकामा फागुन १३ गते देखि वडा नम्बर १ को घण्टेश्वर माविबाट खोप अभियान सुरु भएको थियो । अभियान फागुन २४ गते सम्म सञ्चालनमा रहने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । सुदूरपश्चिममा कैलाली कञ्चनपुर दादुरा–रुबेलाको उच्च जोखिममा रहेका जिल्लाका रुपमा पहिचान गरिएको छ । गोदावरीमा गत वर्ष ५ जनामा दादुरा संक्रमण देखिएको थियो ।

दादुरा–रुबेला खोप अभियान सञ्चानल निर्देशिकामा स्थानीय स्तरमा नगरप्रमुखको संयोजकत्वमा स्थानीय तह स्तरीय खोप समन्वय समिति रहने प्रावधान छ ।

1 Comment
  1. […] सम्बन्धित समाचार :  गोदावरीमा खोप समन्वय समितिलाई अभिमुख… […]

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.