कञ्चनपुरको बेलौरीमा १५ हजार बालबालिकालाई खोप लगाइँदै

बेलौरी- कञ्चनपुरको बेलौरी नगरपालिकामा आजदेखि दादुरा–रुबेला खोप अभियान सुरु भएको छ । नगरपालिकाका १० ओटै वडामा आजदेखि खोप अभियान सुरु भएको हो ।

Karma Consultancy

अभियानमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाइरहेको बेलौरी नगरपालिकाकाका स्वास्थ्य शाखा प्रमुख मानबहादुर चन्दले बताए ।

citizen security services
belauri nagarpalika

उनका अनुसार नगरपालिकाभरि ९ महिनादेखि १५ वर्षमुनिका १५ हजार बालबालिकालाई खोप लगाउन ५८ केन्द्र तोकिएको छ । खोप अभियान सफल पार्न नगरपालिकाभर ६० स्वाथ्यकर्मी ,१ सय १७ स्वयंसेविका परिचालन गरिएको छ ।

attariya hospital

विद्यालयमा पढिरहेका लक्षित समूहका विद्यार्थीलगायत अन्य बालबालिकाहरुलाई खोप लगाउन नगरपालिकाभरि विद्यालयमा खोप केन्द्र राखिएको छ । फागुन १९ गतेसम्म खोप लगाइने छ ।

१८ गतेसम्म खोप केन्द्रमा खोप लगाउने र अन्तिम दिन नजिकको स्वास्थय केन्द्रमा खोप लगाइने स्वाथ्य प्रमुख चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.