विकृति र विसंगतिको विरुद्ध धावा बोल्दै
सुसँस्कृति र सुसमाजको निर्माण गर्दै
आउ साना किसान तिमी ।

पत्रिका र टेलिभिजनबाट आउने
सहकारी ठगी धन्दाको हेडलाइनका काला धब्बालाई
सुनौलो बिहानीका किरणले मेट्नलाई
आउ साना किसान तिमी ।

पूर्वका चियावगानमा खेलिरहेका किसानहरुलाई
रापिलो ताप बनेर
आउ साना किसान तिमी ।

हिमालपारीको जिल्लामा चौरीसँग खेल्ने गोठालोको
झुपडी बनेर
आउ साना किसान तिमी ।
ती कर्णालीमा भोको पेटमा बाँचेका कर्णालीवासीहरुमा
अन्नदाता बनेर
आउ साना किसान तिमी ।
दक्षिणको तराइमा खेतको आलीमा धान झुलाउने
किसानको साथी बनेर
आउ साना किसान तिमी ।
अब सगरमाथाको देश मात्र होइन
साना किसान कृषि सहकारीको देश बनेर
आउ साना किसान तिमी ।
साना किसान कृषि सहकारीको देश बनेर
आउ साना किसान तिमी ।।
-हुकुम सिं घर्ती
रुन्टीगढी६, रोल्पा
