डोटीको सायलमा आयुर्वेद स्वास्थ्य शिविर, ६५३ जनाले लिए सेवा

डोटी- डोटीको सायल गाउँपालिकामा सञ्चालित निशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा ६ सय ५३ जनाले सेवा लिएका छन् । शनिवार वडा नम्बर ५ दुदिलेगडामा सञ्चालित शिविरमा ६ सय ५३ जनाले सेवा लिएका हुन् ।

maya metro hospital

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायलको आयोजनामा शिविर सञ्चालन गरिएको हो । शिविरबाट ३ सय ९४ महिला र २ सय ५९ जना पुरुषले सेवा लिएका जिल्ला आयुर्वेद दिपायलले जनाएको छ । सायल जिल्लाकै ग्रामीण मानिन्छ ।

उपचारबाट वञ्चित रहेका ग्रामीण भेगका नागरिकलाई मध्यनजर गरी निःशुल्क शिविरको आयोजना गरिएको जिल्ला आयुर्वेद डोटीका कार्यालय प्रमुख विद्या घिमिरे देउवाले बताइन् । पछिल्लो समय मानिसहरूमा दीर्घ रोग बढी देखिने गरेकोले त्यस्ता रोगहरूको उपचार आयुर्वेद पद्धतिबाट सम्भव रहेको उनको भनाइ छ ।

attariya hospital

स्वास्थ्य चेकजाँचका साथै निःशुल्क औषधि पनि वितरण गरिएको थियो । शिविरमा पेट, नशा तथा हाडजोर्नी, पिसाब, छाला सम्बन्धी रोगहरू, मुख तथा घाँटी, श्वासप्रश्वास सम्बन्धी, दिर्घरोग तथा महिला सम्बन्धी विभिन्न रोगहरूको चेकजाँच गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.