अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ११ ओलानीमा निःशूल्क प्रजनन् स्वास्थ्य शिविर आयोजना गरिएको छ । स्वास्थ्य कार्यालय धनगढीको आयोजनामा वडाको गोदावरी आधारभुत स्वास्थ्य केन्द्रमा शिविर आयोजना गरिएको हो ।

शिविरमा स्थानिय ३२१ जना महिलाहरुले सेवा लिएको कार्यवाहक वडाध्यक्ष कुमार बडैलाले जानकारी दिए । उनले विकट क्षेत्रका महिलाहरुको सहजताका लागि शिविर आयोजना गरेको भन्दै स्वास्थ्य कार्यालयलाई धन्यवाद ज्ञापन गरे ।

शिविरमा ओ.पि.डी. सेवा, स्त्री रोग विशेषज्ञ सोव, पाठेघर खस्ने समस्या तथा अब्स्टेरिक फिस्टुलाका स्क्रिनिङ्ग तथा रिङपेसरी सेवा, पाठेघरको मुखको क्यान्सर पहिचान तथा जाँच सेवा, गर्भवती महिलालाई अल्ट्रासाउण्ड सेवा, यौनरोग उपचार लगायतका विभिन्न प्रकारका सेवाहरु प्रदान गरिएको थियो ।

शिविरमा धनगढीस्थित सेती प्रादेशिक अस्पतालकी महिला रोग विशेषज्ञ डाक्टर सजित्ता पन्त ले सेवा प्रदान गरेको वडाका कार्यवाहक वडाध्यक्ष बडैलाले जानकारी दिए ।
