तिर्थ नेपाली, डोटी – जिन्दगिका कैयो गोरेटोको भन्ने सुन्छ, प्रेम बिनाको जीवन शुन्य छ, प्रेम बिना जीवन चल्न सक्दैन भनेर ।
कैयो पटक साथीहरुको जमातमा बसेर प्रेमकै गफगाफमा यी कुराहरु नगर्दा हुदैन् भनी साथीहरु सक्छस भने पनि प्रेमको महासागरमा पसेर हेरन् भनेको कुरा अझै पनि यो मानसपटल्मा जिवित छ ।
यसो भनिरहँदा मैले कसैको प्रेम स्वाद नचाखेको भने पट्कै हैन् । नौ महिना सम्म मेरी आमाले गर्भमा बोकेको प्रेम, पृथ्वीमा पाहुनाको रुपमा आएको मलाई यो सुन्दर संसारमा तोते बोली चिची पापा भन्दै हुकार्एको मलाई नै सर्वस्व ठान्नी आफु भोकभोकै बसी मेला महोत्सवबाट ल्याएका खानेकुराको स्वाद यो जिब्रोलाई अझै स्मरण छ ।
स्कुल पढ्दा देखि क्याम्पसमा अध्ययन गर्दा रेडियोमा जागिर गर्दा विभिन्न सेमिनार गोष्ठीमा सरिक हुदाँ कैयो युवतीहरु संग निस्तो गफगाफ मात्रै भयो । सबै संग रमाईलो तरिकाले कुराकानी गर्न रुचाउने म साथीहरुले तपाईको साहिरी सुन्नुपर्छ भने पछि झनै उतालो तरिकाले केही सेयरहरु युवतीलाई इकिंत गरेर सुनाउने म केही समय देखि मौन भएर सोचिरहेको छु ।
के प्रेम बिनाको जीवन साच्चिकै अर्थविहिन नै होला र ?
अझै भनौ आफु सुहाउँदो साथी नपाइएला र ?
यो युगको प्रेम देखेर वाक्क दिक्क लागेर आउँछ, फोनवार्ता सामाजिक संजालमा भएको गफगाफ तन्तर मन्त्र र स्वर्गकी अप्सरा झै छौ ।
तिमी एक हप्तामै भेटघाट आवश्यकता पुर्ति तेसपछी प्रेमको उपनाम धोकेबाज हौ तिमी, हाम्रो प्रेमलाई समाजले स्वीकार गर्दैन ।यी कुराहरु अक्षरंस लेखिरहँदा मलाई नेपाली चलचित्र बाटोमुनीको फुलमा यश कुमारले स्वर भरेको ‘न आउँ मेरो सामु तिमी मैले छोएको पानी चल्दैन’ मलाई तिम्रो माया नभएको होईन माया त गाढा छ, तर यो समाज बेर्थे भयो ।
पिरती के छेकिन्थो सुर्यलाई हातैले गर्नु गर्यो जातल गर्नु गर्यो जातले यो गित सुन्दा मुटु भक्कानिएर आउँछ ।
कसैको वास्तविता थाहा नपाईकन सर्वस्व ठान्नेर उताउलो उमेरमा गरेको प्रेमको त्यही परिणाम भोगि राखेको पो रहेछु । झै लाग्छ, गल्फेन्डलाई प्रत्येक पलपलमा सम्झि रहने दौतरी देख्दा एकोहोरो रुपमा सम्झिरन् शिवाय अरु केही रहेन् ।
सुनेको थिए महिलाहरुलाई समय दिन सक्नुपर्छ भनेर एकातिर आफ्नो नित्य कर्मको चाप अर्का तिर भविस्यले बाटो खोजिरहेको राप त्यसैमा व्यस्त पहाडको उकाली ओराली नधाईकन नहुने मेरा दैनिकीहरु मनका भारीहरु लामबद्ध गरी हिडँदै लेख्दै बोल्ने म कसरी सबै ठाँउबाट समय भ्याउन सक्थे होल्ला र ।
यसो फर्किएर हेर्दा समाजको रिती संस्कृति भेषुृुसा निकै घिन लाग्दो भैईसके रहेछ ।
त्यो युगमा केटी खोज्न सात जोडा जुत्ता फटाउनु पथ्र्यो अरे अचेल एक फोनकल नै काफी छ । छोरा पाउनु कहिले हो कहिले भोटो सिउँनु अहिलै भन्ने झै देख भेट हुन्न परै जावस अगाडि बुढा बुढीको साईनो उघारिने प्रचलन खुबै छ ।
बुढा पाकाहरुले भनेको सुन्छ, जमाना आगलागी भैइ पहिलेको जस्तो रहेन् । फेरी कतिपय हजुर आमा बुवाहरुले भनेको सुन्छु । युग अहिलेको राम्रो मान्छे पहिलाका राम्रा अहिले युगमा मान्छेहरु यति किन लोभी पापी बनेका हुन् । हरेक कुराबाट निहित स्वार्थ मात्रै खोजिरहन्छन् । कसैलाई दया माया, करुणा भन्ने कुरा बिल्कुल छैन । के युगमा हामी जस्ता मान्छेहरुले जन्मिनु नै भुल हो त ।
सबै संग पैसाले नै अटुट मितेरी गाँसेको पो देख्छु माया एउटा नाम मात्रै हो रहेछ । विदेशी वास्नादार अतर शरिरमा छर्किएर सुटबुटमा सजिएर गए त युवतीहरुको लछार पछार पो हुन्छ, भन्छन् दौतरीहरु । आफुले जिग्रिङ्ग परेको दारी र कपाल एक महिना पुगेपछि मात्रै काटछाट् गनर् आदत आफ्नो यसो भनिरहँदा नारी जाती माथि आँच कुरा भने पट्कै होईन ।
प्रेमले पढाइ वा करियर बिगार्ने होइन, प्रेमले पढाइ वा करियरलाई सहयोग गर्न सक्नुपर्छ । एक–अर्कालाई प्रेम गर्दै गर्दा आफूलाई थप निखार्न अनि तिखार्न सक्नुपर्छ । प्रेमले त एक–अर्कालाई सफल बन्न प्रेरित गर्ने, जित्न सहयोग गर्ने, दुवैको पढाइ सुधार्ने, दुवैलाई सफल बनाउने हो ।
कमजोर बनाउने, असफल बनाउने, सबै कुरा गुमाउन उक्साउने प्रेम कसरी हुन्छ र ? फेरि, प्रेम यो उमेरमा अहिले गर वा नगर भनेर रोक्न सकिँदैन । प्रेम आँखा खोलेर गर्ने हो भने प्रेम गर्ने उमेर हुँदैन । तर, हामीले प्रेम गर्दै गर्दा आफ्नो उद्देश्य र गन्तव्य भने भुल्नु हुँदैन ।