अत्तरियामा क्याबिनेट रिसोर्ट सञ्चालन 


अत्तरिया – कैलालीको अत्तरियामा क्याबिनेट रिसोर्ट सञ्चालनमा आएको छ । गोदावरी नगरपालिका –२ रिङरोडमा रिसोर्ट सञ्चालनमा आएको हो । 

maya metro hospital

रिसोर्टको एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश सभा सदस्य चक्र बहादुर मल्लले समुद्घाटन गरेका थिए । रिसोर्टको उद्घाटन गर्दै मल्लले काम गर्दै गर्दा आउने चुनौतीलाई सामना गरेर रिसोर्ट सफल हुनेमा आफू विश्वस्त रहेको बताए । उनले कुनै पनि काम गर्दा चुनौती सँगै सम्भावना पनि उतिकै रहने भएकाले चुनौती चिर्दै सफल हुने विश्वास लिएको बताए । 

joshi vada pasal 2

रिसोर्ट राम थापा र विष्णु जोशीको सयुक्त लगानीमा सञ्चालनमा आएको हो । सञ्चालन थापाले रिसोर्ट सञ्चालनमा ल्याउन ७० लाख लगानी लागेको बताए । उनले रिसोर्ट परिसरभित्र २ वटा माछा पोखरी रहेको र, त्यसमा ग्राहकहरूले आफै माछा मारेर खान सक्ने व्यवस्था मिलाइएको बताए ।

बिगत ५ बर्ष देखि संचालित रिसोर्ट नयाँ व्यवस्थापनले संचालनमा ल्याएको उनले बताए ।  

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.