न्युयोर्कमा गोली चल्दा १ को मृत्यु, ५ जना घाइते

एजेन्सी – अमेरिकाको न्युयोर्कस्थित ब्रोंक्स कन्ट्री सबवे स्टेशनमा सोमबार साँझ गोली चल्दा एक जनाको मृत्यु भएको छ । घटनामा अन्य पाँच जना घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन ।

maya metro hospital

न्युयोर्कको प्रहरी विभाग ट्रान्जिट प्रमुख माइकल एम केम्परले दिएको जानकारी अनुसार अपरान्ह करिब ४ः३० बजे गोली चलेको हो । गोली लागेर घाइते भएका चार जना पुरुष र दुई जना महिलालाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

घाइते ३४ वर्षीय पुरुषको सेन्ट बर्नाबास अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घटना बारे थप अनुसन्धान जारी रहेको अमेरिकी प्रहरीले जनाएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.