कञ्चनपुरको कृष्णपुरमा विद्यार्थी कुटिएको घटनापछि विद्यालय बन्द

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मा रहेको समैजी मावि विद्यालय बन्द गरिएको छ । विद्यार्थी कुटपिटको घटनापछि चर्चामा आएको उक्त विद्यालयमा विद्यार्थी काँप्ने क्रम नरोकिएको भन्दै बन्द गरिएको हो । विद्यालय व्यवस्थापन समितिबाट निर्णय गरेर माघ २४ गते देखि २७ गते सम्म विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक सन्दीप ओझाले बताए ।

maya metro hospital

विद्यालयमा माघ २२ गते कक्षा १० मा अध्ययनरत विद्यार्थी एलिसा खड्कामाथि सोही विद्यालयका शिक्षक लोक बहादुर खड्काले कुटपिट गरेपछि विद्यार्थी आन्दोलित छन ।

विद्यालयले भने टिफिनको बेला एक्कासि ‘देवी’ काँप्दै एलिसा विद्यालय नजिकै घर भएका शिक्षक लोक बहादुरको घरमा पुगेपछि शिक्षक खड्कालाई ‘हाक’ (धामी) आएर कुटपिट गरेको जनाएको छ ।

attariya hospital

विद्यार्थीहरुले कुटपिटको घटना ढाकछोप गर्न विद्यालयनै बन्द गरिएको बताएका छन । विद्यालयमा आन्दोलन हुन थालिएपछि विद्यालय बन्द गरेको विद्यार्थीहरुको दावी छ ।

सम्बन्धित समाचारकञ्चनपुरमा ‘देवी’ आएकी विद्यार्थीलाई ‘हाक’ आएका शिक्षकले कुटे

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.