खाेज्नुहाेस

पाकिस्तानमा आत्मघाती आक्रमण, २८ को मृत्यु

Image
file photo

इस्लामाबाद – पाकिस्तानमा आम निर्वाचन हुनुभन्दा एक दिनअघि बलुचिस्तानमा भयानक आत्मघाती हमला भएको छ। बलुचिस्ताानको निर्वाचन कार्यालयमा भएको आक्रमणमा २८ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्।

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ। घाइते सबैलाई अस्पतालमा भर्ना गरिएको छ। एक प्रत्यक्षदर्शीले आत्मघाती बम आक्रमण भएको बताएका छन्। आक्रमणकारी मोटरसाइकलमा सवार थिए। अधिकारीहरूले आक्रमणको अनुसन्धान गरिरहेको जानकारी दिएका छन्।

add everest academy
attariya hospital
navjiwan hospital

पाकिस्तानमा भोलि बिहीवार चुनाव हुँदै छ र त्यसअघि विभिन्न ठाउँमा आक्रमण भइरहेका छन्। स्वतन्त्र उम्मेदवारको निर्वाचन कार्यालयमा पनि आत्मघाती हमला भएको हो। मकरान डिभिजन र बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटाका विभिन्न क्षेत्रमा उम्मेदवारहरूका कार्यालय र मतदान केन्द्रलाई लक्षित गरी कम्तीमा नौवटा ग्रिनेड आक्रमण गरिए।

मंगलबार साँझ क्वेटाको सरकारी विद्यालयमा पनि ग्रिनेड प्रहार भएका थिए। पसनीको सरकारी विद्यालयमा राखिएको बम सुरक्षाकर्मीले डिस्पोज गरेका थिए।

सांसदका उम्मेदवार मीर मोहम्मद याकुब र मीर मोहम्मद अस्लम बुलेदीको घरमा बम आक्रमण भएको छ। अब्दुल कादिर साजदी‚ डा. नूर बलुच र आगा गुलका घरमा पनि विस्फोट भएका छन्। उम्मेदवार भने सुरक्षित छन्।

attariya technical collage