
काठमाण्डौ – सुनको मुल्य आज चार सय रुपैयाँले घटेको छ । चार दिनदेखि घटबढ नभएको सुनको मुल्य आज घटेर तोलाको १ लाख १८ हजार रुपैयाँ पुगेको छ । हिजो सुनको मुल्य तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँ रहेको थियो ।
आज चाँदीको मुल्य भने बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मुल्य २० रुपैयाँले बढेर तोलाको १४ सय रुपैयाँ कायम गरिएको छ ।



















