काठमाडौँ- सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । हिजो तोलाको एक लाख १७ हजार पाँच सय रुपैयाँ रहेको सुनको मूल्य आज १ लाख १८ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेर १ हजार ३ सय ९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।