जयपृथ्वी नगरपालिकाको १३ औं नगर सभा सम्पन्न

प्रदिप मलासी,बझाङ – बझाङको जयपृथ्वी नगरपालिकाको १३ औं नगरसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ । विहिबार जयपृथ्वी नगरपालिका बझाङको सभाहलमा संञ्चालन गरिएको नगर सभाका अध्यक्ष नगरप्रमुख चेतराज बजालले सभामा उठेका सबै प्रश्नहरुको जवाफ दिएका थिए । नगरसभाबाट पारित भएका केही रकम लाई शीर्षक परिर्वतन सहित रकमान्तर र लेखापरिक्षण प्रतिबेदन पेश, अर्धवार्षिक प्रगति समिक्षा माथी छलफल गरिएको थियो ।

Karma Consultancy

त्यसैगरी उत्कृष्ठ कर्मचारी अनुजा कुमारी जोशीलाई सम्मान गर्नुका साथै स्थानीय तह स्वमुल्याङकनमा नगरपालिकाले प्राप्त गरेको ६३.२५ प्रतिशत सहित सार्वजनिक र लेखा समिति , बिधान समिति र शुसासन समितिको गठन लगाएत निर्णय पारित गरि नगर सभा सम्पन्न भएको हो ।

citizen security services

नगरसभामा बोल्दै जयपृथ्वी नगरपालिका कार्यपालिका सदस्य सरस्वती जोशीले नीतिमा मात्र लैङ्गिक समानताका कुरा नदेखाई लैङ्गिक समानतामुखि बजेट व्यवस्थापन गरि लैङ्गिक समानताका नियम पूर्ण कार्यन्वयन गर्नु पर्ने बताईन । बोल्ने र गर्ने काम फरक पर्दै गएकोले यस्ता कार्य नगरपालिकावाट रोक लगाउनु पर्ने बताउदै उनले आगामी दिनमा यस्ता कुनै खाले कार्य गर्नु पूर्व कार्यपालिका बैठक मार्फत अधि बढनु पर्ने र भूकम्प प्रभावितका लागि बाडफाँट गर्ने राहत रकममा विभेद गरेको जयपृथ्वी नगरपालिका वडा नम्बरं ७ का वडाध्यक्ष शिवराज जोशीले बताए ।

attariya hospital
belauri nagarpalika

सभामा उपस्थित नगर सभा सदस्यहरुको सबै प्रश्रको जवाफ दिदै नगर प्रमुख बजालले आफुले नगरका भए गरेका सबै कार्यका बिषयमा कार्यपालिका बैठकको सहमति र सहकार्य बाहिर नगएको बताउदै स्थानीय सरकार संञ्चालन ऐनले नगर प्रमुखलाई दिएको अधिकारसंगै सबै ऐन कानुनको पूर्ण पालन सहित अधि बढेको सभामा जानकारी गराए । बिगतका दिनहरुमा स्थानीय तह स्वमुल्याङकनमा ६० प्रतिशत ल्याएको जयपृथ्वी नगरपालिकाले आफ्नो स्वमुल्याङकनको दायरा बढाउदै अधि बढेर यस वर्ष ६३.२५ प्रतिशतमा पुगेको नगर प्रमुख बजालले जानकारी गराए ।

चालू आर्थिक वर्ष २०८०÷०८१ मा पूजीगत तर्फ १३ करोड ५० लाख ५९ हजार ५ सय ४६ बिनियोजन भएकोमा १ करोड २३ लाख ७१ हजार ७२ खर्च भएको छ भने चालू तर्फ ४६ करोड ४१ लाख २१ हजार ४ सयमा १८ करोड ७९ लाख १५ हजार ५ सय २१ खर्च भएको विबरण सभामा पेश गरिएको छ । जुन खर्चको ४०.४९ प्रतिशत हो भने चालू र पुजीगत गरि ३३.४२ प्रतिशत रकम माघ २ गते सम्म आईपुग्दा खर्च भएको नगर सभा प्रतिबेदनमा उल्लेख गरिएको छ ।

चालू आर्थिक वर्ष २०८०÷०८१ को लागि बित्तिय समानिकरण ,शर्सत अनुदान, समपुरक अनुदान, विशेष अनुदान, राजश्व बाडफाँड, समेत गरि ५७ करोड ६२ लाख ४ हजारको बजेट १२ औ नगरसभावाट स्विकृत भई आएकोमा जिम्मेवारी सरी आउने र सर्सत अनुदानको थप रकम सहित ५९ करोड ९१ लाख ८० हजार ८ सय ८५ को प्रगती १३ औ नगर सभामा पेश गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.