खाेज्नुहाेस

अत्तरिया श्रमिक बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा सम्पन्न

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–२ मा रहेको अत्तरिया श्रमिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहिबार एक कार्यक्रमका बिच संस्थाको ११औ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

navjiwan hospital

संस्थाकी अध्यक्ष यादी रावतको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका सांसद प्रकाश बम रहेका थिए । कार्यक्रममा सुदूरपश्चिम प्रदेशकै सांसद तुलसी देवकोटा, जिल्ला सहकारी संघ कैलालीका अध्यक्ष फणी सापकोटा, अत्तरिया साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष टिकादत्त जोशी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि एवम् शेयरसदस्यहरुको सहभागीता रहेको थियो ।

attariya hospital

संस्थाले आर्थिक वर्ष २०७९/०८० मा १ करोड ३२ लाख ५५ हजार ८० रुपैया बराबरको कारोबार गरेको छ भने संस्थाको दोहोरो कारोबार भने २ करोड २३ लाख २२ हजार ५०४ रहेको छ । संस्थाको शेयरपुँजी ६४ लाख ९२ हजार ४ सय रुपैया रहेको छ । गोदावरी नगरक्षेत्रका असंगठित क्षेत्रमा कार्यरत श्रमिक मजदुरहरु आवद्ध रहेको उक्त संस्थामा ६७६ जना शेयरसदस्यहरु रहेका छन ।

संस्थाको निक्षेप ६६ लाख ५७ हजार ८३० रहेको छ भने उक्त आर्थिक वर्षमा संस्थाको नाफा ४ लाख ४४ हजार ३११ रुपैया रहेको संस्थाको प्रतिवेदनमा उल्लेख छ । संस्थाका उपाध्यक्ष नन्द लाल भणडरीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन संस्थाकी सचिव सरस्वती पण्डितले गरेकी थिईन ।