अत्तरिया महोत्सवमा आज प्रमोद खरेल लगायतका कलाकार आउँदै

अत्तरिया –  कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज चर्चित गायक प्रमोद खरेलको प्रस्तुती रहने भएको छ । खरेलका ‘उस्ले जती माया तिमीलाई,म विना मुस्किल छ कसै कसैलाई पोखरामा,यो कुरा गोप्य नै राखौला’ लगायतका गीतहरु चर्चित छन् ।

maya metro hospital

त्यस्तै आज डेउडा गायक दिपेन्द्र दाहाल,अनुस्का भण्डारी,शेर कैनी र निर्मला भण्डारीको प्रस्तुती पनि रहने आयोजक अत्तरिया उद्योग वाणिज्य संघका कलासँस्कृति संयोजक रमेश भट्टराईका बताएका छन् । महोत्सवमा हिजो पुष्कल शर्मा,टंक तिमिल्सिना लगायतको प्रस्तुती रहेको थियो ।

माघ ७ गतेसम्म चल्ने महोत्सवमा लामी तालमा डुङ्गाको व्यवस्था,बाल उद्यान, खानाका विभिन्न परिकारहरू,थारु सँस्कृति तथा परिकार सहितको थारु प्रर्दशनी मुख्य आकर्षणका रुपमा रहेका छन् ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.